आज सुनको मुल्य प्रतितोला ५ सयले घट्यो, कति छ तोलाको भाउ ?

162

काठमाडौं । लगातार बढ्दै आएकोे सुनको मूल्य आज भने सामान्य घटेको छ । शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला पाँच सयले घटेर ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ७१ हजार दुुई रुपैयाँमा कारोवार भएको थियो ।

शुक्रबार प्रतितोला आठ सय ४० रुपैयाँ बिक्री भएको चाँदी साताको पहिलो दिन १० रुपैयाँ घटेर ८३० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्