IME Life

जीवन बीमा कोषमा नेपाल लाईफको ६५ अर्ब, बृद्धिदरका आधारमा रिलायन्स पहिलो, अरुको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपालमा ३९ वटा बीमा कम्पनीहरु र एक पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । सो मध्ये ३२ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको वित्तीय विवरण आफ्नो वित्तीय विवरण प्रकाशन गरेका छन् । बाँकी बीमा कम्पनीहरुले धमाधम  वित्तीय विवरण प्रकातिश गर्ने क्रममा रहेका छन् ।

हालसम्म १८ वटा जीवन बीमा कम्पनीहरुले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् भने १४ वटा निर्जीवन बीमा कम्पनीले पनि चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको प्रावधान अनुसार साउन मसान्तसम्म सबै बीमा कम्पनीहरुले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसक्नुपर्ने छ । तर, हालसम्म एक पुनर्बीमा कम्पनी, एक जीवन बीमा कम्पनी र छ वटा निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण प्रकाशन गर्न बाँकी छ ।

वित्तीय विवरण प्रकाशित गरेका जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुको जगेडा कोष, जीवन बीमा कोष, नाफा लगायतका अन्य महत्वपूर्ण सूचक राम्रो देखिएको छ ।

चुक्ता पूँजीको आधारमा
आर्थिक वर्ष २०७५।७६ को वित्तीय विवरण प्रकाशित गर्ने १८ वटा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी बढाउनेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसले ८१ प्रतिशतले चुक्ता पूँजी बढाएको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्मको अवधिसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी तीन अर्ब ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपैयाँ मात्र थियो । त्यस्तै चुक्ता पूँजी बढाउने कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, सूर्या लाइफ, एशियन लाइफ र नेपाल लाइफ पनि छन् ।
जगेडा कोषको आधारमा
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको १८ वटा जीवन बीमा कम्पनीहरुको अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा धेरै रिलायबल लाईफले १३२ प्रतिशतले सञ्चिती बढाएको छ । रिलायबल लाइफ नयाँ कम्पनी हो । पुराना कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेशनल लाइफको जगेडा कोषमा ८१ प्रतिशतले सञ्चिती बढेको छ । दोस्रो बीमा कम्पनीको रुपमा सानिमा लाईफले जगेडा कोषमा संचिति गरेको छ ।

त्यस्तै नेपाल लाइफको भने सञ्चिती घटेको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले दुई अर्ब ४३ करोड रुपैयाँ सञ्चिती गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले तीन अर्ब एक करोड रुपैयाँ सञ्चिती रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीकोे जगेडा कोषमा १९ प्रतिशतले गिरावट आएको हो ।
जीवन बीमा कोषको आधारमा
बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण मानिन्छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने १८ वटा जीवन बीमा कम्पजनीहरु सबैको जीवन बीमा कोषको आकार बढेको छ । पुरानो कम्पनीहर मध्ये सबैभन्दा धेरै जीवन बीमा कोषमा सूर्या लाइफको ४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा पाँच अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभनदा धेरै रिलायन्स फाइफको जीवन बीमा कोष ८३८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा ४४ करोड ३० लाख रुपैयाँ रहेको छ । भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

जीवन बीमा कोषमा बृद्धि गरेको आधारमा नयाँ कम्पनीको तुलनामा पुराना कम्पनीहरुको प्रगतिको दर बढि देखिएको छ । यद्यपि नयाँ कम्पनीहरुले अघिल्लो वर्षमात्रै कारोबार सुरु गरेका कारण यस वर्ष केही बढि देखिने पनि छन् ।
नयाँ कम्पनीहरुको तर्फबाट सबैभन्दा धेरै प्रतिशतले बृद्धि गर्न सफल भएको हो । नेपाल लाईफ इन्स्योरेन्स जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम जम्मा गर्ने कम्पनी बन्न सफल भएको छ । सो कम्पनीले ६५ अर्ब रुपैयाँ जम्मा गरेको छ भने एलआईसी नेपालले ५४ अर्बभन्दा बढि रकम जीवन बीमा कोषमा जम्मा गरेको छ ।

त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २७ अर्ब रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको छ भने मेट लाईफले १६ अर्ब, एशियन लाईफले १७ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS