IME Life

ज्योति लाईफको कूल बीमा शुल्क अर्ब माथि, बीमाङ्कीय मूल्याङ्कनअघिको नाफा नै १२ करोड

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको वित्तीय विवरणमा आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्म आइपुग्दा १२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक सोही अवधिमा कम्पनीले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा मुनाफा भने हेरफेर हुन सक्नेछ ।

जीवन बीमा कोष
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ रकम रहेको थियो । गत आर्थिक वर्षकधो सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषमा रकम बढाएको छ ।

Prabhu
Crest

जगेडा कोष
यस्तै, आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीकोे जगेडा कोषमा पनि सञ्चिती बढाएको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले २३ करोड २० लाख रुपैयाँ सञ्चिती गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९९ लाख रुपैयाँ मात्र सञ्चिती गरेको थियो ।

खुद बीमा शुल्क आर्जन
त्यसैगरी कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले ९८ करोड ७७ लाख रुपैयाँमा बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कूल बीमा शुल्क आर्जन
कम्पनीले गत आबमा कूल बीमा शुल्क बापत एक अर्ब दुई करोड तीन लाख रुपैयाँ कूल बीमा शुल्क बापत आम्दानी गरेको छ । समिक्षा अवधीको अधिल्लो आवमा कम्पनीले २८ करोड ५० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

खुद दाबी भुक्तानी
आर्थिक वर्ष २०७५।७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा कम्पनीले १३ लाख ७५ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय १६ रुपैयाँ ७५ पैसा रहेको छ । कुल सम्पतिको मुल्य १ सय ७३ रुपैयाँ ५१ पैसा रहेको छ ।

जीवन बीमा कम्पनीहरुको लेखापरिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको क्रममा वित्तीय विवरणमा केही फरक पर्नेछ । मुख्य रुपमा कम्पनीहरुको नाफामा फरक पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS