IME Life

सानिमा लाइफको जीवन बीमा कोषमा २२ करोड २८ लाख, नाफा र कुल बीमा शुल्क आर्जन कति ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको वित्तीय विवरणमा आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्म आइपुग्दा ८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक सोही अवधिमा कम्पनीले ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४० दशमलव ६० प्रतिशतले बढी हो । यद्यपि जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा मुनाफा भने हेरफेर हुन सक्नेछ ।

जीवन बीमा कोष
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा २२ करोड २८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले बीमा कोषमा ५ करोड ११ लाख रुपैयाँ रकम रहेको थियो । गत आर्थिक वर्षकधो सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषमा रकम बढाएको छ ।

Prabhu
Crest

जगेडा कोष
यस्तै, आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीकोे जगेडा कोषमा १३४ प्रतशतले सञ्चिती बढाएको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले १४ करोड ४३ लाख रुपैयाँ सञ्चिती गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा छ करोड १५ लाख रुपैयाँ मात्र सञ्चिती गरेको छ ।

खुद बीमा शुल्क आर्जन
त्यसैगरी कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले ४१ करोड ७९ लाख रुपैयाँमा बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कूल बीमा शुल्क आर्जन
कम्पनीले गत आबमा कूल बीमा शुल्क बापत ५२ करोड ८० लाख रुपैयाँ कूल बीमा शुल्क बापत आम्दानी गरेको छ । समिक्षा अवधीको अधिल्लो आवमा कम्पनीले ९ करोड ४५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

खुद दाबी भुक्तानी
आर्थिक वर्ष २०७५।७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा कम्पनीले ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको बीमाङबीय मुल्याङकन पछि हुन आउने प्रतिफलले प्रतित शेयर आम्दानी तथा नेटवर्थ सबैमा परिवर्तण हुनेछ र नयाँ बोनश दर कायम हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS