Prabhu Life Ad Final

राष्ट्रिय बीमा कम्पनीको कूल बीमा शुल्क आर्जन ४५% ले वृद्धि, नाफा मात्रै पौने अर्ब

IME PAY
IME Life

काठमाडौं । सरकारी स्वामित्वको एक मात्र निर्जिवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७५ ÷७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिसम्म एक अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समीक्षा अवधीको अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमाशूल्कमा ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ९३ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको समीक्षा अवधिमा कम्पनीले ७८ करोड ४३ लाख रुपैया खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५५ करोड ९ लाख रुपैयाँ खुुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले ३४ करोड ८७ लाख ३९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ६९ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चौथो त्रैमासको अवधिमा १५ हजार ६ सय ७५ वटा बीमालेख जारी गरेको छ । अघिल्लो वर्ष १७ हजार २२० वटा बीमालेख जारी भएका थिए ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बीमा कोषमा एक अर्ब ७४ करोड २९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा दुई अर्ब ४६ करोड रुपैयाँ संचित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिमा नौ करोड ८८ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले आठ करोड २९ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी २६६ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १,०२३ रुपैयाँ ९ पैसा छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS