IME Life

युनाईटेड इन्स्योरेन्सको कूल बीमा शुल्क आर्जन झण्डै ५० करोड, नाफा र बीमा कोषमा कति ?

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६को चौथो त्रैमासमा झण्डै ५० करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको वित्तीय विवरणमा आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्म आइपुग्दा ९ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक सोही अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४२ प्रतिशतले घटेको हो । यद्यपि बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा मुनाफा भने हेरफेर हुन सक्नेछ ।

बीमा कोष
आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले बीमा कोषमा २९ करोड ४० लाख रुपैयाँ रकम रहेको थियो । गत आर्थिक वर्षकधो सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषमा ११ प्रतिशतले बढाएको हो ।

Prabhu
Crest

जगेडा कोष
यस्तै, आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीकोे जगेडा कोषमा १०३ प्रतशतले सञ्चिती बढाएको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले छ करोड रुपैयाँ सञ्चिती गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई करोड ९७ रुपैयाँ मात्र सञ्चिती गरेको छ ।

खुद बीमा शुल्क आर्जन
त्यसैगरी कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँमा बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले २८ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कूल बीमा शुल्क आर्जन
कम्पनीले गत आबमा कूल बीमा शुल्क बापत ४८ करोड ७८ लाख ८० हजार रुपैयाँ कूल बीमा शुल्क बापत आम्दानी गरेको छ । समिक्षा अवधीको अधिल्लो आवमा कम्पनीले ४७ करोड ७४ लाख ७४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

खुद दाबी भुक्तानी
आर्थिक वर्ष २०७५।७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा कम्पनीले १८ करोड ८२ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी भने ३२ प्रतिशतले घटेको हो । दाबी भुक्तानी हुन बाँकी रकम भने २४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजी एक अर्ब पुर्याउन भदौं ३ गतेदेखि २४० प्रतिशत हकप्रद शेयर जारी गर्दैछ ।

प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ भने दुई सय ३० रुपैयाँ १५ पैसा रहेको छ । मुल्य आम्दान िअनुपात २७ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, प्रति शेयर कुल सम्पतिको मुल्य ४ सय २४ रुपैयाँ ०९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS