Connect IPS
IME Life

गुराँस लाईफको बीमा कोष छ अर्ब नजिक, नाफा र बीमा शुल्क कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ का चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमाससम्ममा कम्पनीले एक अर्ब ९२ करोड ४२ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ५३ करोड ३४ लाख ४० हजार रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले समिक्षा अवधिको चौथो त्रैमाससम्ममा कम्पनीले ४० करोड ५९ लाख ४० हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड ४१ लाख ९८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले एक हजार १२८ वटा दाबीको दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९७८ वटा दाबीको  दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

चौथो त्रैमासको अवधिसम्ममा कम्पनीको भुक्तानी हुन बाँकी रकम ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी रकम ३१ लख ७६ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७५ ७६ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले २४ वटा दाबी भुक्तानी गरेको छैन् ।

कम्पनीको जगेडा कोष २७ करोड ९३ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २२ करोड ८३ लाख २० हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी भने ९२ करोड ९४ लाख ६२ हजार रुपैयाँ रहेको छ । त्यस्तै जीवन बीमा कम्पनीहरु वित्तीय विवरणमा महत्ववपूर्ण भूमिका खेल्ने जीवन बीमा कोषमा पाँच अर्ब ८२ करोड २२ लाख ९० हजार ९२४ रुपैयाँ रहेको छ । गत आबको तुलनामा चार अर्ब २३ करोड १९ लाख १३ हजार ११९ रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले ७ करोड ६४ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवमा कम्पनीले चार करोड एक लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रति शेयर आम्दानी आठ रुपैयाँ २२ पैसा रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ एक सय ३३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर सम्पत्ति अनुपात ८२० रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS