IME Life

इन्स्योरेन्स शिक्षा : के तपाईको बीमालेख हराएको छ ? यसरी लिन सकिन्छ प्रतिलिपि

SPIL
NIC ASIA

काठमाडौं । प्रत्येक बीमितका लागि आफुले बीमा गरेको बीमालेख बीमा अवधि समाप्त नहुञ्जेलसम्मका लागि आवश्यक पर्ने गर्दछ । बीमितले आफ्नो बीमालेख सुरक्षित साथ राख्नु पर्ने हुन्छ ।

Prabhu
Crest

बीमालेख बीमा अवधि भरि मात्र काम लाग्दैन् । बीमालेख बीम दाबीको लागि समेत महत्पूर्ण हुन्छ । सुरक्षित साथले बीमालेखको जतन नगर्दा कतिपयको बीमालेख हराउने गर्दछ । हराएको बीमालेख कम्पनीबाट प्रतिलिपि प्राप्त गर्न सकिन्छ ।

प्रतिलिपि प्राप्त गर्नका लागि के गर्ने ?

हराएको बीमालेखको प्रतिलिपि प्राप्त गर्नको लागि बीमितले आफुले बीमा गरेको बीमा कम्पनीमा निवेदन दिनु पर्ने हुन्छ । बीमालेख हराएको जानकारी पाए पछि कम्पनी वा बीमित आफैले राष्ट्रिय दैनिक पत्रिकामा बीमालेख हराएको सूचना प्रकाशन गर्नु पर्दछ ।

बीमित स्वयमको खर्चमा सूचना दिनुपर्ने हुन्छ । सूचना जारी गरेकोे मितिले ३५ दिन भित्र कसैले प्राप्त गरेको जानकारी नआएमा कम्पनीले बीमितलाई बीमालेखको प्रतिलिपि उपलब्ध गराउँदछ ।

हराएको बीमालेखको प्रतिलिपि लिन कुनै शुल्क तिर्नु पर्दैन तर बीमालेखको प्रतिलिपि लिदाँ कम्पनीले दिएको आवश्यक नियम भने पालना गर्ने क्रममा विज्ञापनलगायतमा केही रकम खर्च हुन सक्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS