IME Life

छिमेक लघुवित्तको नाफा ३८% ले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले समिक्षा अवधिमा ९२ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ६६ करोड ३८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३८ दशमलव ६८ प्रतिशतले बृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि बृद्धि गरेको छ । लघुवित्तले यस अवधिसम्म आइपुग्दा खुद व्याज आम्दानीमा १५ दशमलव ५६ प्रतिशतले बृद्धि गरेको हो भने संचालन मुनाफामा ४३ दशमलव ६६ प्रतिशतले बृद्धि गरेको हो । यस अवधिसम्म लघुवित्तले १ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तले सञ्चालन नाफा पनि ९९ करोड ३८ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ पुर्याउन सफल भएको देखिन्छ ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा छिमेकले १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो वर्षको नाफाबाट १८५ बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी १ अर्ब १८ करोड भएको हो । रिजर्भ कोषमा १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ छ ।

लघुवित्तको खराब कर्जा भने ०.११ प्रतिशत बाट बढेर ०.२८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २ सय ३८ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS