IME Life

सानिमा जनरलको कुल बीमा शुल्क आर्जन साढे १९ करोड, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिसम्म १९ करोड ५८ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले दुई लाख ७४ हजार रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको थियो । अघिल्लो आवमा भर्खरै खुलेको कारण कारोबार थोरै हुँदा समीक्षा अवधीमा अघिल्लो आवको कूल बीमा शुल्क न्यून भएको हो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको समीक्षा अवधिमा कम्पनीले दुई करोड ९७ लाख रुपैया खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले दुई करोड २९ लाख रुपैयाँ खुुद नाफा कमाएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको समीक्षा अवधिसम्ममा कम्पनीले सात करोड ४३ लाख ७९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले एक लाख ३१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले चौथो त्रैमासको अवधिमा १७ हजार ८ सय ११ वटा बीमालेख जारी गर्न सफल भएको छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बीमा कोषमा एक करोड १५ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा भने तीन करोड ६६ लाख ९० हजार रुपैयाँ जम्मा रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिमा ७१ लाख २० हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने एक करोड ८४ लाख ३३ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । शुक्रबार प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS