IME Life

प्रभु इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ९% ले बढ्दा, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५र७६ को चौथो त्रैमाससम्म आइपुग्दा २६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बीमा कोष
आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा ५८ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले बीमा कोषमा ४५ करोड १६ लाख रुपैयाँ रकम रहेको थियो । गत आर्थिक वर्षकधो सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषमा २९ प्रतिशतले बढाएको हो ।

Prabhu
Crest

जगेडा कोष
यस्तै, आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीकोे जगेडा कोषमा २८ करोड ४५ लाख रुपैयाँ सञ्चिती रहेकोे छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड १० लाख रुपैयाँ सञ्चिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा १ सय २ प्रतिशतले बढी हो ।

खुद बीमा शुल्क आर्जन
त्यसैगरी कम्पनीको खुद बीमा शुल्क आर्जन ९ प्रतिशतले कढेको छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा कम्पनीले ५० करोड ३५ लाख रुपैयाँमा बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधमा कम्पनीले ४६ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो बीमा शूलक आर्जन ९ प्रतिशतले बढी हो ।

खुद दाबी भुक्तानी
आर्थिक वर्ष २०७५/७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा कम्पनीले १६ करोड ४२ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले १२ करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ३४ प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीको यस अवधिसम्म कुल दाबी भुक्तानी हुन बाँकी रकम भने १५ करोड ९७ ६१ लाख रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS