IME Life

गण्डकी विकास बैंकको नाफा ६१ करोड बढी, प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म आइपुग्दा ६१ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलना बैंकको नाफा २३ दशमलव ३६ प्रतिशतले बढी हो । अघिल्लो आथिृक वर्षमा बैंकले ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैकले खुद ब्याज आम्दानी पनि २६ दशमलव ६४ प्रतिशतले बढाएर १ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि २४ प्रतिशतले बढेर ८६ करोड २५ लाखरुपैयाँ पुगेको छ ।

Prabhu
Crest

गण्डकीले असार मसान्तसम्म २९ अर्ब ९२ करोड ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ६४ करोड १ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ६५ पैसाले बढाएर २२ रुपैयाँ २३ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर अम्दानी १७ रुपैयाँ ५८ पैसा रहेको थियो । गण्डकीको प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ६९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS