Prabhu Life Ad Final

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले कमायो ९ करोड ६९ लाख रुपैयाँ नाफा

IME PAY
IME Life

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७५/ ७६ को वित्रीय विवरण प्रकाशित गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड १० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पानीको नाफा २० प्रतिशतले बढी हो ।

हाल कम्पनीको ८० करोड रुपैयाँ सेयरपुँजी रहेको छ । फाइनान्सको जगेडा कोषमा २० करोड ५१ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिसम्म आइपुग्दा फाइनान्सको निष्कय कर्जा ० दशमलव ३१ प्रतिशतबाट बढेर ० दशमलव ३६ प्रतिशत पुगेको छ भने सीडी रेसियो ६८ दशमलव ५८ प्रतिशत रहेको छ ।

त्यस्तै कम्पनीको बेसरेट १२ दशमलव १९ प्रतिशत, स्प्रेड रेट ४ दशमलव ९८ प्रतिशत, प्रतिसेयर आम्दानी ९ दशमलव ९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय २५ रुपैयाँ ६४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS