IME Life

नेशनल लाइफको कूल बीमा शुल्क आर्जन आठ अर्बमाथि, बीमाकोषमा २७ अर्ब जम्मा

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आठ अर्ब २ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको बीमा शुल्क २५ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधीको अघिल्लो आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन छ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले असार मसान्तसम्ममा सात अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधीको अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले खुद बीमा शुल्क एक अब अर्ब ६६ करोड ७० लाख रुपैयाँले बढाउन सफल भएको हो ।

Prabhu
Crest

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब १३ करोड ३२ लाख रुपैयाँ खुद बीमा श्ल्क आर्जन गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्म आइपुग्दा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले बीमालेख धितोमा तीन अर्ब ६२ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेर ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको वित्ति विवरणमा उल्लेख छ ।

चुक्ता पूँजी तीन अर्ब ७४ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ९१ करोड ८६ लाख रुपैयाँ, जीवन बीमा कोषमा २७ अर्ब १९ करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा २१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ ।

हालसम्म कम्पनीले सात लाख २१ हजार ८ वटा बीमालेखबाट आठ अर्ब २ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यस अवधिमा कम्पनीले कुल १४ हजार ७५४ वटा दाबीका लागि दुई अर्ब ६५ करोड २८ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ भने २६ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ११ रुपैयाँ १८ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS