IME Life

एभरेष्ट इन्स्योरेन्सको कुल बीमा शुल्क २१ करोडले बृद्धि, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिसम्म ८१ करोड १८ लाख १७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समीक्षा अवधीको अघिल्लो आवको तुलनामा करिब २१ करोडले बृद्धि हो । गत आवको सोही अवधिमा कम्पनीले ६० करोड १८ लाख ३९ हजार रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको समीक्षा अवधिमा कम्पनीले छ करोड ८ लाख ६ हजार रुपैया खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ५९ लाख ५० हजार रुपैयाँ खुुद नाफा कमाएको थियो ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले ३८ करोड ४४ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले नौ करोड ६४ लाख ९० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चौथो त्रैमासको अवधिमा ८७ हजार ८ सय ८६ वटा बीमालेख जारी गरेको छ ।

एक अर्ब ४ करोड २९ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बीमा कोषमा १४ करोड ११ लाख ५९ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा २२ करोड ७२ लाख ७१ हजार रुपैयाँ जम्मा रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको अवधिमा ३४ करोड ३९ लाख ७१ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ११ करोड ७० लाख ८४ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ । कम्पनीको प्रतिशेर नेटवर्थ १३५ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य १८६ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS