IME Life

एनआइसी एशिया बैंकको चमत्कारी फड्को, नाफा १२९% ले बढ्दा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२९ प्रतिशत ले नाफा वृद्धि गरेको हो । गत वर्ष एनआइसी एसियाले १ अर्ब ३३ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

बैंकले वार्षिक विन्दुगत आधारमा २७५ अर्थात् ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार २ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।

Prabhu
Crest

कुल कर्जातर्फ यस आर्थिक वर्षमा २५ प्रतिशतले वृद्धि गरी १ खर्ब ५० अर्ब प्रवाह गरेको छ । यसैगरी, निक्षेप संकलनमा पनि १९ प्रतिशतले वृद्धि गरेर १ खर्ब ८० अर्ब ५८ करोड पुर्याइएको छ । निजी स्तरका वाणिज्य बैंकहरुमध्ये अग्रस्थानमा आइपुगेको बै.कले जनाएको छ ।

बैंकका समग्र वित्तीय परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । यस अवधिमा बैंकले कुल आम्दानी ७७ प्रतिशतले वृद्धि गरी ९ अर्ब ५१ करोड पुर्याएको छ । खुद ब्याज आम्दानी पनि ६५ प्रतिशतले वृद्धि गरी ६ अर्ब ६९ करोड पुर्याइएको छ । सञ्चालन मुनाफा पनि १३९ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको चुक्तापूँजी ८ अर्ब ८३ करोड छ भने जगेडा कोषमा ३ अर्ब ८८ करोड छ । त्यस्तै प्रति सेयर आम्दानी १०८ प्रतिशतले बढेर ३४ रुपैयाँ ५६ पैसा पुगेको छ । बैंकले प्रतिसेयर आम्दानी १० प्रतिशतले वृद्धि गरेर ३४ रुपैयाँ ५६ पैसा पुर्याएको छ ।

हालसम्म बै.कले मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् सेवा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS