Prabhu Life Ad Final

प्रिमियर इन्स्योरेन्सको बीमा कोष २१% ले बढ्दा कुल बीमा शुल्क आर्जन कति ?

IME PAY
IME Life

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा २४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा कम्पनीको बिमा कोषमा ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले बीमा कोषमा ४० करोड ९ लाख रुपैयाँ रकम रहेको थियो । गत आर्थिक वर्षकधो सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषमा २१ प्रतिशतले बढाएको हो ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममाआइपुग्दा कम्पनीकोे जगेडा कोषमा भने सञ्चिती गिरावट देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ६५ करोड ४ लाख रुपैयाँ सञ्चिती गरेको थियो भने यस आर्थिक वर्षको अन्त्यसम्ममा १५ करोड ७३ लाख रुपैयाा मात्र सञ्चिती गरेको छ ।

त्यसैगरी कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा कम्पनीले ८० करोड ८० लाख रुपैयाँमा बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधमा कम्पनीले ८१ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को १२ महिनाको अवधिसम्म आइपुग्दा कम्पनीले ४८ करोड ९० लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम भने १ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८७ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS