IME Life

जहाजमा चरा ठोक्किदा दुवै इन्जिन बन्द, मकै बारीमा फोर्सल्याण्ड, बीमा कम्पनीको अर्बौ जोगियो

SPIL
NIC ASIA

एजेन्सीहरु । २२६ जना यात्रु लिएर मस्कोस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उरल एयरलाइन्सको जहाजले मकैबारीमा गरेको आपतकालिन अवतरण (फोर्सल्याण्ड) सफल बनाएर हवाई उड्डयनको इतिहासमा नयाँ चमत्कार रच्न सफल भएको छ । बिहिवार भएको चमत्कारिक घटनासँगै बीमा तथा पुनिर्बीमा कम्पनीको अर्बौ रुपैयाँ जोगिन पुगेको छ ।


रुसको राजधानी मस्को नजिकैको जुकोब्सकी विमानस्थलबाट २२६ यात्रु र सात जना चालक दलका सदस्यसहित क्रिमियाको सिम्फेरोपोलका लागि उडेको थियो । उरल एयरलाइन्सको उडान नं १७८ नम्बरको जहाज स्थानीय समय अनुसार विहान ६ः१४ बजे धावनमार्गबाट उड्ने वित्तिकै चराहरुको हुलसम्म ठोक्किन पुग्यो । १४४ किलोनटको गतिमा रहेको जहाज चराहरुको हुलसँग ठोक्किएपछि दुवै इन्जिन बन्द हुन पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

Prabhu
Crest


दुबै इन्जिन बन्द भएपछि तत्काल चालकले ‘मेडो मेडो’ भन्दै जुकोब्सकी विमानस्थलमै आपतकालिन अवतरण मागे । क्षणभरमै विमानस्थल खाली गराइयो, तर दुवै इन्जिन बन्द भएको जहाज विमानस्थलसम्म फर्कन सक्ने अवस्थामा थिएन ।

चालक दलका सदस्यहरुले रत्तिभर ढिलाई नगरी अर्को दुस्साहसपूर्ण निर्णय लिए, जहाज तैरिरहेको जमिनको समथर मकैबारीमा जहाजलाई आपतकालिन अवतरण गराउने । सामान्यतया, एयरबस तथा बोईङ जस्ता ठूला जहाजलाई तैराएर अवतरण गराउनु निकै चुनौतिपूर्ण मानिन्छ । विमानस्थलसम्म पुग्ने अवस्था नभएपछि साहसिक चालक दलले तत्कालै कन्ट्रोल टावरमा खवर गरी आफूहरु विमानस्थल आईपुग्न नसक्ने र एक किलोमिटर आसपासको सम्म भूभागमा आपतकालिन अवतरण गराउने प्रयास गराउने र सो कार्यका लागि आपतकालिन तथा उद्धारका सामग्री पठाउन भने । विमानस्थल नजिकै रहेको भर्खरै घोगा लाग्दै गरेको मकैबारीमाथि जहाज तैरिन थाल्यो र अन्ततः दुवै इन्जिन बन्द भएको अवस्थामा तैराएरै एयरबस ए–३२१ जहाज कुशलतापूर्वक आपतकालिन अवतरण सम्भव भयो । तत्कालै दमकलले जहाजलाई घेरा हाल्यो भने जहाजभित्र रहेका सबै यात्रु र चालक दलका सदस्यहरुको सकुशल उद्धार गरियो । घटनामा बालबालिकासहित २३ जना घाइते भएको रसियन सरकारी समाचार संस्था तास समाचार एजेन्सीले जनाएको छ ।


जहाजमा धेरै ठूलो क्षति पुगेको छैन । घटनाको विस्तृत अध्ययन भइरहेको बिबिसीले उल्लेख गरेको छ। दुवै इन्जिन बन्द भएको जहाजलाई मकैबारीमा सकुशल अवतरण गराएर ठूलो धनजनको क्षति हुनबाट जोगाउने पाइलटलाई हिरो संज्ञा दिइएको छ भने हवाई उड्डयनको क्षेत्रमा समेत चमत्कारिक आपतकालिन अवतरण गराएको भन्दै उरल एयरलाईन्सका पाईलटको चर्चा विश्वभर नै चुलिन पुगेको छ ।


यदि उक्त जहाज दुर्घटनामा परी यात्रुहरुको निधन भएको भए झण्ड २० अर्ब नेपाली रुपैयाँभन्दा बढि बीमा दावी भुक्तानी गर्नुपर्ने हुन्थ्यो । सकुशल अवतरणसँगै ठूलो रकम जोगिन पुगेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS