Prabhu Life Ad Final

सूर्या लाईफ इन्स्योरेन्सको कूल बीमा शुल्क दुई अर्ब ५५ करोड, यस्तो छ अन्य वित्तिय अवस्था

IME PAY
IME Life

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७५।७६ को चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधीमा इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ४६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस आर्थिक वर्षको चौथौ त्रैमास सम्म दुई अर्ब ५५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ४८ प्रतिशतले वृद्धि हुँदै दुई अर्ब ४८ करोड पुगेको छ । कम्पनीले जारी गरेको बीमालेख संख्या ४८ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीले चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्म २० करोड ८६ लाख खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको प्रकाशित वित्तिय विवरणमा प्रति शेयर आम्दानी १६ रुपैयाँ ४३ पैसा रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा कम्पनीको प्रतिशत आम्दानी ११ रुपैयाँ ८ पैसा रहेको थियो ।

कम्पनीको जगेडा कोषको आकार ४९ प्रतिशतले वृद्धि भएर ४१ करोड २ लाख रुपैयाँ पुगेको छ भने जीवन बीमा कोषको आकार ४७ प्रतिशतले वृद्धि भएर पाँच अर्ब २५ करोड पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS