Prabhu Life Ad Final

प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, अवस्था कस्तो ?

IME PAY
IME Life

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएको छ । सो बीमा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को वित्तिय विवरण सार्वजनिक गर्दै लेखापरिक्षण अघिको मुनाफा १३ करोड १७ लाख २५ हजार रुपैयाँ भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १५ करोड ८६ लाख ५४ हजार रुपैयाँ मुनाफा कमाएको कम्पनीको समीक्षा अवधीमा मुनाफामा गिरावट आएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक अर्ब ११ करोड ४० लाख १० हजार रुपैयाँ खुद आम्दानी गरेको छ । सो अवधीमा खुद बीमा शुल्क आम्दानी ४६ करोड ११ लाख १८ हजार गरेको छ । अघिल्लो वर्ष एक अर्ब १३ करोड ५९ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधीमा झण्डै दुई करोड रुपैयाँ खुद आम्दानीमै गिरावट आउँदा मुनाफा खुम्चिएको हो ।

 

कम्पनीले समीक्षा अवधीमा एक लाख २६ हजार २६८ वटा बीमालेख जारी गरी एक अर्ब २४ करोड ७५ लाख ६७ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष एक लाख ३३ हजार १६१ वटा बीमा पोलिसी बिक्रीमार्फत एब अर्ब ३७ करोड १६ लाख ९५ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले अझै ५१ करोड ८९ लाख ६५ हजार रुपैयाँको बीमा दावी भुक्तानी बाँकी छ । अघिल्लो वर्ष ७० करोड ९६ लाख २२ हजार रुपैयाँ दावी भुक्तानी बाँकी थियो ।

कम्पनीले प्रतिशेयर आम्दानी २० रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै कम्पनीको नेट वर्थ २०८ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर कूल सम्पत्ति ३८० रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS