IME Life

प्रभु लाईफको बीमा शुल्क आर्जन ४७ करोड, जीवन बीमा कोषमा ३४ करोड जम्मा

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथोे त्रैमाससम्ममा ४७ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले प्रकाशन गरेको चौथो त्रैमासको वित्तिय विवरण अनुसार उक्त अवधिमा ३० हजार ७ सय ८३ वटा बीमालेख जारी गरी सो रकम आजर्न गर्न सफल भएको हो । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथोे त्रैमास सम्ममा ६९ लाख १५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम एक लाख ८८ हजार रुपैयाँ रहेको छ । सात करोड ७५ लाख रुपैयाँ जगेडा कोष रहेको कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले जीवन बीमा कोषमा ३४ करोड १३ लाख ६५ हजार रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७२ पैसा रहेको छ । कम्पनीले चौथो त्रैमासको अवधिमा ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा नाफा आर्जन गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS