Prabhu Life Ad Final

एशियन लाईफको नाफामा आयो यस्तो सुधार, जीवन बीमा कोष १७ अर्ब माथि

IME PAY
IME Life

काठमाडौं । जीवन बीमा कमपनी एशियन लाईफ इन्स्योरेन्स गत आर्थिक वर्षको सञ्चालन मुनाफामा उल्लेखनीय सुधार गर्न सफल भएको छ । सो बीमा कम्पनीको चौथो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७५।०७६ को चौथोे त्रैमाससम्म चार अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमाससम्म तीन अर्ब एक करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ४० प्रतिशतले वृद्धि भएको छ । नयाँ बीमा कम्पनीहरु थप भएको तथा बीमा क्षेत्र प्रतिस्पर्धी बन्दै गएको समयमा पनि ४० प्रतिशत बीमा शुल्क आर्जन बृद्धि हुनुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ ।

त्यस्तै, कम्पनीले चार अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यद्यपि सो बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम भने ४१ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्ममा कम्पनीले पाँच करोड ८२ लाख रुपैया खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा २६ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको मुनाफा लेखापरिक्षणका बखत बीमांकीय मूल्याङ्कनबाट हेरफेर हुने गर्दछ ।

कम्पनीको जगेडा कोषमा ३२ करोड १५ लाख रुपैयाँ संचित छ । कम्पनीको जगेडा कोष २८ प्रतिशतले वृद्धि हुन सफल भएको देखिएको छ ।

कम्पनीको जीवन बीमा कोष भने ३० प्रतिशतले वृद्धि हुँदै १७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २ रुपैयाँ ९० पैसा छ । अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासमा ३ रुपैयाँ ६६ पैसा थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS