IME Life

पहिलो वर्ष नै महालक्ष्मी लाईफको लोभलाग्दो प्रगति, जीवन बीमा कोषमा १५ करोड, अरु सुचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । कान्छो बीमा कम्पनीको रुपमा गत वर्षको माघ २७ गतेदेखि कारोबार सुरु गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले पहिलो वर्षमा नै लोभलाग्दो प्रगति हासिल गर्न सफल भएको छ ।

महालक्ष्मी लाईफले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गर्दै सुरुवाती कारोबार उत्साहप्रद रहेको देखिएको हो । गतवर्ष मात्रै कूल एक अर्ब ४० करोड रुपैयाँ लगानी गरी सुरु गरिएको महालक्ष्मी लाईफले सुरुवातमै अब्बल बीमा कम्पनीको झै वित्तिय विवरण सार्वजनिक गर्न सफल भएको हो ।

Prabhu
Crest

महालक्ष्मी लाईफ इन्स्योरेन्सले पाँच महिना कारोबार गरेर ११ करोड १३ लाख ३३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै जीवन बीमा कोषमा १४ करोड ९७ लाख नौ हजार २७६ रुपैयाँ जम्मा गरेको छ भने जगेडा कोषमा ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ जम्मा गरेको छ । दुई कोषमा महालक्ष्मी लाईफले झण्डै २७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । जीवन बीमा कम्पनीलाई कोषमा दाखिला गरेको रकमलाई महत्वपूर्ण मानिन्छ ।

कम्पनीले गत आर्थिक वर्षमा दुई हजार ७ सय ७७ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै बीमा कम्पनीले अन्य लगानीबाट करिब १२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । महालक्ष्मीको यो आम्दानीलाई समेत उलेख्य रुपमा हेरिएको छ ।
बीमांकीय मूल्याङ्कनपछि मुनाफा लगायतका वित्तिय विवरणहरु परिवर्तन हुनसक्ने जनाइएको छ । त्यस्तै बीमालेखको संख्यामा बैदेशिक रोजगारीमा गएकाहरुको म्यादी बीमाको संख्या नजोडिएको पनि कम्पनीले वित्तिय विवरणको नोटमा उल्लेख गरेको छ ।

महालक्ष्मी लाईफले स्थापनाको छोटो अवधीमा नै देशैभरि शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ । महालक्ष्मी लाईफका सिईओ रमेश कुमार भट्टराईका अनुसार देशैभरि हाल ४७ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । पाँच महिनाको अवधीमा गरेको यो प्रगतिले अझै उत्साह थपेको सिईओ भट्टराईले सामाजिक सञ्जाल फेसबकुमार्फत अभिव्यक्ति दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS