Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

IME PAY
IME Life

नारायणगढ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

भरतपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।सुरक्षित रगत सबैका लागी भन्ने आस्थालाई आत्मासाथ गर्दै मानवीय सेवा पे्ररीत भई संस्थाले कार्यक्रमको आयोजना गरेको अध्यक्ष भरत मल्लले बताए ।

संस्थाका सदस्य अच्युत प्रसाद रिजालको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा सह–संयोजक अर्जुन अधिकारीले स्वागत मतव्य राखेका थिए । कार्यक्रममा विभिन्न बिमा कम्पन्नीका प्रवन्धक, अभिकर्ता, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सोसाईटीका महासचिव शंकर अधिकारीले संचालन गरेको कार्यक्रम नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवन शाखाको अध्यक्ष भरत मल्लको अध्यक्षतामा सपन्न भएको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS