IME Life

ईसेवा र यूके एड सक्षमबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । डिजिटल माध्यमबाट ग्रामीण भेगसम्म वित्तीय सेवा पुर्याउनका लागि इसेवा र युके एड सक्षमबीच सम्झौता भएको छ ।

Prabhu
Crest

बुधबार राजधानीमा आयोजित कार्यक्रममा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र यूके एड समक्षका निर्मल दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतामार्फत स्थापित इसेवा क्यास प्वाइन्टले डिजिटल माध्यममार्फत ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवा प्रदान गर्नेछ ।अहिले ७ लाख मानिसहरु डिजिटल्ली बैंक खातामा जोडिएको भन्दै यसलाई बढाउनुपर्ने कम्पनीले जनाएको छ ।

यस सम्झौताले बैंकमा खाता खोल्न, रकम जम्मा गर्न तथा रकम पठाउनका लागि सहयोग पुग्ने कम्पनीले जनाएको छ । सक्षम एक्सेस टु फाइनान्स नेपाल तथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भइरहेको कार्यक्रम हो ।

जसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तराष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा कार्यान्वयन गरिरहेको छ ।
इसेवामा हाल २० लाख ग्राहक ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्ट जोडिएको सो कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS