काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको साउन २९ गतेको १४ औँ वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त साधारण सभा अमितभोग कालिकास्थान डिल्लीबजारमा सम्पन्न भएको हो । सभामा संचालक समितिको बार्षिक प्रतिवेदन , आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा, नोक्सान हिसाब तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
सभामा कम्पनीका अध्यक्ष मनोहर दास मूलले विगतमा निरन्तर शेयरधनीहरुलाई लाभांस प्रदान गर्दै आएको र यस बर्ष एनएफआरएसको कारणले गर्दा लाभांस वितरण गर्न नसकेको जानकरी गराएका थिए ।
कम्पनीको हालको पुँजी ८८ करोड रहेको छ २० प्रतिशत हकप्रद पश्चात् कम्पनीको पुँजी १ अर्ब माथि पुगेको छ ।