IME Life
GBIME

एभरेष्ट इन्स्योरेन्सको आजबाट ५ लाख २९ हजार कित्ता शेयर लालामी खुल्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आजे बुधबारबाट ५ लाख २९ हजार ७ सय ८० कित्ता शेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले ३ लाख ८३ हजार २ सय ५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५ सय ७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७ सय ८० कित्ता लिलामीमा ल्याएको हो ।

कम्पनीले यसअघि गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६९५ कित्ता सेयर मात्र बिक्री भएको थियो । बाँकी रहेको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामीमा ल्याइएको हो ।

Crest

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने हुन्छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । यसमा भदौ ८ गतेसम्म आवेदन दिन पाइनेछ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्स्योरेन्स मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट पनि लिलामी भर्न सकिनेछ । सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS