IME Life

अजोड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ४१ करोड ४५ लाख

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथोे त्रैमास सम्ममा ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार उक्त अवधिमा ४९ हजार ८ सय ९४ वटा बीमालेख जारी गरी सो रकम आजर्न गर्न सफल भएको हो ।

कम्पनीले गत चैत्रको तुलनामा ४८ लाख रुपैयाँ थप रकम बीमा कोषमा रकम जम्मा गर्न सफल भएको छ । कम्पनीले चौथो त्रैमासको अवधिमा ३ करोड ६७ लाख रुपैयाँ खुद नाफा  आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यस्तै कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथोे त्रैमास सम्ममा २ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम २ करोड ९२ लाख रुपैयाँ रहेको छ । २ करोड ४६ लाख रुपैयाँ जगेडा कोष रहेको कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले बीमा कोषमा दुई करोड ८३ लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै कम्पनीको प्रति शेयर कुल सम्पत्तिको मूल्य १ सय ४३ रुपैयाँ ६३ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS