IME Life

मेट लाइफको नाफा ४५% ले घट्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा इन्स्योरेन्स कम्पनीको नाफा ४५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५ /७६ को १२ महिनाको अवधिसम्ममा इन्स्योरेन्सले ३१ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएकमो थियो ।

कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमासको अवधिसम्म् आइपुग्दा जगेडा कोषमा १६ प्रतिशतले रकम सञ्चिती बढाई २ अर्ब ९ करोड ९१ लाख रुपैषँ सञ्चिती गरेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्मको अवधिमा कम्पनीले जीवन बीमा कोषमा ११ प्रतिशतले रकम बृद्धि गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको बीमा कोषमा १६ अर्ब ५४ करोड रुपैयाँ बीमो कोषमा रहेको छ ।

त्यस्तै, कम्पनीले खुद बीमा शुल्क आर्जनमा पनि १५ प्रतिशतले बृद्धि गरेको छ । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ अर्ब ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

मेट लाईफको वित्तिय विवरणमा देखिएको मुनाफामा भने हेरफेर हुनसक्छ । जीवन बीमा कम्पनीहरुको अन्तिम मुनाफा अडिटबाट बीमांकीय मूल्याङ्कनले भूमिका खेल्ने हुँदा फरक पर्न सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS