मेगा बैंकद्धारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । मेगा बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकले नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको हो ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरिन् ।

शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार