IME Life

एनसीसी बैंकको नाफा १४ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आथिएक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमासको यस अवधिसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब १९ करोड ९७ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी सात अर्ब एक करोड ८५ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष तीन अर्ब ५९ करोड ५९ लाख रुपैयाँ सञ्चिती गरेको छ ।

Prabhu
Crest

बैंकको यस अवधिसम्म आइपुग्दा ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी ९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले एक अर्ब ६१ करोड २६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ६७ अर्ब तीन करोड ५६ लाख निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा १८ निक्षेप संकलन बढी हो कर्जा लगानी १९ प्रतिशतले बढी हो ।

बैंकको खराब कर्जा २ दशमलव ७८ प्रतिशत रहेको छ । मूल्य आम्दानी अनुपात ११ दशमलव ३१ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ७८ रुपैयाँ ३८ पैसा, प्रति शेयर आम्दानी २१ रुपैयाँ ७५ पैसा, आधार ब्याजदर १०.२३ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS