IME Life

बैंकिङ कसुरमा प्रदेश मन्त्री पक्रन अदालतको पूर्जी

SPIL
Sanima Reliance

काठमाडौं । कीर्ते बैंक ग्यारेन्टी बनाएर पेश गरी बैंकिङ कसुर गरेको अभियोगमा पश्चिम नेपालको कर्णाली प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार दिइएको आदेशपछि मंगलबार पक्राउ पुर्जी जारी गरिएको हो ।

Crest
Meta Holidays

सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र उनका व्यापारिक साझेदार राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको अदालतलाई उध्रित गर्दै प्राप्त समाचारमा जनाइएको छ । सोमबार बैंकिङ कसुर मुद्दामाथि सुनुवाई भएको थियो । रिट नं ०७६सिबी ०१९७ को बैंकिङ कसुरको मुद्दामा कृषि विकास बैंकको कीर्ते बैंक ग्यारेन्टी पेश गरेको अभियोगमा छविलाल ढकाल समेत पाँच जनाका विरुद्धमा मुद्दा परेको थियो ।

मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतको ठहरपछि कारवाहीको लागि पक्राउ पूर्जी जारी भएको हो ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x