IME Life

लुम्बिनी विकास बैंकको १७% बोनस शेयर प्रस्ताव पारित, मर्जरमा जाने बाटो खुला

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ख बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त लुम्बिनी विकास बैंकले आफ्नो शेयधनीहरुलाई १७.७ प्रतिशत दिने बोनस पारित गरेको छ ।

Prabhu
Crest

मंगलबार सम्पन्न बैंकको ११ औं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट सो बोनस शेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गरेको बैंकले जनाएको छ ।

बोनस सेयर वितरणपछि बैंक पुँजीमा बृद्धि हुनेछ । हाल चुक्तापूँजी दुई अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेकोमा १७ दशमलव ०७ प्रतिशत बोनसपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार रुपैयाँ कायम हुनेछ ।

साथै आज सम्पन्न सधारणसभाले अन्य बैंक तथा वित्तिय संस्थासँग गाभिने मार्गप्रशस्त गरेको छ । सधारणसभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ ।

यस लुम्बिनी विकास बैंक देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहक रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS