Prabhu Life Ad Final

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्ज हुने प्रस्ताव पारित

IME PAY
IME Life

काठमाडौं । एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । सो सधारणसभाले ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको सो बैंकले जनाएको छ ।

मंगलबार ललितपुरको जावलाखेलमा सम्पन्न कम्पनीको सभाले गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले यसअघि गरेका निर्णयहरु अनुमोदन गरेको हो ।

एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज हुने प्रक्रिया अघि बढेको छ । मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिइसकेको छ ।

यता, ओमले पनि सोमबार विशेष साधारण सभा गरेर मर्ज प्रस्ताव अनुमोदन गरिसकेको छ । दुवै वित्तिय संस्थाको विशेषसधारणसभाले मर्जरमा जाने प्रस्तावा पास गरेकाले अब उक्त दुई वित्तिय संस्थाबीच आपसमा गाभिने निश्चित भएको छ ।

मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ । मर्जर पश्चात एनएमबि बैंकको कूल पुँजी तथा जगेडा कोष बृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ हुने सहमति यसअघि नै दुवै पक्षका बीचमा भइसकेको छ ।

गत जेठ २ गतेदेखि औपचारिक रुपमा हस्ताक्षर गरेर सुरु भएको मर्जर प्रक्रिया अनुसार एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने निर्णय गरिएको छ ।

लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ । एनएमबिले सेयर ब्रोकरको काम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS