Prabhu Life Ad Final

साना किसान लघुवित्तको नाफा २५% ले बढ्यो, प्रति शेयर आम्दानी कति ?

IME PAY
IME Life

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासमा ४९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लदघुवित्तको नाफा २५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३९ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

आर्थिक वर्ष २९७५ /७६ को चौथो त्रैमासको अवधिसम्म आइपुग्दा लघुवित्तले खुद ब्याज आम्दानी २४ प्रतिशतले बढाएको छ भने संचालन मुनाफा २५ प्रतिशतले बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले रिजर्भ फन्ड १ अर्ब ६७ करोड रुपैयाँ सञ्चिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले रिजर्भमा ४२ प्रतिशतले बढाएको हो ।

लघुवित्तको खराब कर्जा ० दशमलव ०८ प्रतिशत र कस्ट अफ फन्ड ५ दशमलव ९० प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ ३ सय १३ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS