नेप्से सामान्य अंकले घट्यो, ४८ करोडमाथिको कारोबार

106

आज साताको तेस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से २ दशमलव ७८ अंकले घटेर १,२३१.०७ को बिन्दुमा कायम भएको छ । म्युचल फण्ड बाहेक सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै होटल समुह २२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६५ कम्पनीको १८ लाख ९६ हजार कित्ता शेयर खरिदविक्री हुँदा ४८ करोडमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १२ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी लक्ष्मी बैंकको ८ करोडमाथिको कारोबार भएको छ । मुक्तिनाथ विकास बैंक प्रोमोटर शेयर, नेपाल बैंक, रसुवागडी हाइड्रो पावर, र फसर््ट माइक्रोफाइनान्सको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्