IME Life

एलआईसी नेपालद्धारा लाभांस वितरण सुरु

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सधारणसभाले पास गरेबमोजिमको नगद लाभांस शेयरधनीकै खातामा वितरण गर्न सुरु गरेको छ ।

कम्पनीले साउन २७ गते सोमबारदेखि ३४ दशमलव ४६ प्रतिशत बोनस सेयर र ३५ दशमलव ५३ प्रतिशत नगद लाभांस गरि वितरण गर्न सुरु गरेको हो । नगद लाभांश शेयरधनीको बैंक खातामा रकमान्तर गरिनेछ भने बोनस शेयर डिम्याट खातामा प्रवाह गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

गत साउन २४ गतेको साधारणसभाबाट पारित मुनाफा नेपाल क्लियरिङ्ग हाउसको आईपिएस प्रणालीमार्फत शेयरधनीको खातामा जम्मा गर्न सुरु गरिएको र तीन दिन भित्र सबै शेयरधनीको खातामा जम्मा भईसक्ने कम्पनीले सूचनामार्फत जनाएको छ । कम्पनीको १७ औं वार्षिक साधारण सभाबाट करि सहित ७० प्रतिशत लाभांश अनुमोदन भएको थियो ।

शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार बोनस शेयर वितरणको लागि सिडिएस तथा नेप्सेमा सूचीकरण भए पश्चात मात्र सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने जनाएको छ ।

साथै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले भौतिक शेयर धारण गरेका र डिम्याट खातामा बैंक खाता नम्बर रुजु नगराएका शेयरधनीलाई आफुसँग भएको शेयर अभौतिकीकरण र डिम्याट खातामा बैंकको खाता अद्यावधिक गरेपछि मात्र प्राप्त गर्न सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS