Prabhu Life Ad Final

गरिमा विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

IME PAY
IME Life

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले गत आर्थिक वर्षका सोही अवधिको तुलनामा नाफा कमाएको वित्तयि विवरण सार्वजनिक गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/ ७६ को १२ महिनासम्म ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले २६ दशमलव ३२ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ छ । बैंकको चुक्ता पुँजी पनि १० प्रतिशतले बढेर २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाह पनि बृद्धि गरेको छ । बैंकले निक्षेप संकलनमा ३५ दशमलव ७६ प्रतिशतले बृद्धि गष्रेको हो भने कर्जा प्रवाहमा ५१ दशमलव २७ प्रतिशतले बृद्धि गरेको हो ।

बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा भएको छ । गरिमाको प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS