Prabhu Life Ad Final

जनकल्याणद्धारा मृतकको परिवारलाई एक लाख बरावरको राहात प्रदान

IME PAY
IME Life

काठमाडौं । जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ९ भुताहाका सदस्य किरण घिमिरेकोे परीवारलाई एक लाख रुपैयाँ बरावारको राहात प्रदान गरेको छ । संस्थाले मृतकका बुवा जनकराज घिमिरेलाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । उक्त चेक संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले प्रदान गरेका थिए।

संस्थाले पछिल्लो समय सुरु गरेको सदस्य राहात तथा सुरक्षा कार्यक्रम अन्तर्गत सस्थाले आफ्ना सदस्यहरुको असामायीक निधन भएमा एक लाख सम्मको राहात प्रदान गर्ने कार्यक्रम राखेको थियो ।समुन्नत समाजका लागी व्यवसायीकता तथा आत्म निर्भरता सहितको उत्कृष्ट सहकारी सस्थाको परीकल्पना गर्दै अगाडि बढेको यस सहकारीले पछिल्लो समयमा सदस्यहरुको सुख र दुख दुबै क्षणमा साथ दिदै अघि बढी रहेको डिक बहादुर पाण्डे क्षेत्रीले जानकारी दिए ।

उक्त कार्यक्रम सस्थाका सञ्चालक सदस्य एवं सदस्य राहात तथा सुरक्षा कार्यदलका संयोजक प्रकाश न्यौपानेले प्रकाश पार्दै किरण घिमिरेको परीवारलाई मात्र यो दुख नपरे र यो समग्र जनकल्याण साकोसलाई परेको बताएका छन् ।

संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक थापा क्षेत्रीले गरेका थिए । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष बालाकृष्ण लम्साल र नन्हिद्र बहादुर क्षेत्री, कार्यसमितिका पदाधिकारी र सदस्य एवं विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिती रहेका थिए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS