काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर साउन २९ गतेदेखि लिलामी खुल्ने भएको छ । कम्पनीले ३ लाख ८३ हजार २ सय ५ कित्ता सर्वसाधारण समूहतर्फ र १ लाख ४६ हजार ५ सय ७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७ सय ८० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । उक्त लिलामी शेयरमा भदौ ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
कम्पनीले गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । तर,संस्थापक तथा सर्वसाधारणतर्फको शेयरका लागि तपशित बमोजिम कित्ताको लागि आवश्यक आवेदन नपरेकाले कम्पनीले बाँकी शेयर लिलामीमा ल्यान लागेको हो ।
प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट पनि लिलामी भर्न सकिनेछ ।
त्यस्तै, सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्ने हुन्छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।