IME Life

महालक्ष्मी लाईफको राष्ट्रिय एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सबैभन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा गत वर्षको माघ २७ गतेदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको महालक्ष्मी लाईफले आफ्ना एजेन्सीहरुको राष्ट्रिय स्तरको सम्मान तथा उत्प्रेरणा भेला सम्पन्न गरेको छ ।

यही साउन २५ र २६ गते सौराहमा सम्पन्न भएको राष्ट्रिय सम्मान तथा उत्प्रेरणा भेलामा उत्कृष्ट व्यक्तिगत अभिकर्ताहरुलाई सम्मान गरिएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको भेलामा देशैभरिका ११५ जना बीमा अभिकर्ता (एजेन्सी)सहभागी थिए ।

Prabhu
Crest

महालक्ष्मी लाईफका अनुसार व्यवसायिक लक्ष्य पुरा गरेका अभिकर्ताहरुको सम्मान र उत्प्रेरणा दुवै कार्यक्रम एकसाथ आयोजना गरिएको हो । प्रख्यात प्रशिक्षक शोभा खरेलले उत्प्रेरणा कार्यक्रममा अभिकर्ताहरुलाई व्यवसायिक प्रतिस्पर्धा, बीमितलाई बीमाको बारेमा जनचेतना जगाउने तरिका, महालक्ष्मी लाईफको बीमा प्याकेजको बारेमा प्रशिक्षण दिएकी थिएन ।

राष्ट्रिय भेला कार्यक्रमले बीमा अभिकर्ताहरुका बीचमा अनुभव आदान प्रदान भएको र यसले अझ बद्धि बीमाको व्यापारमा बृद्धि हुने अपेक्षा गरिएको महालक्ष्मी लाईफले जनाएको छ ।

राष्ट्रिय भेलाबाट बीमा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिबृद्धि तथा नेतृत्व विकासमा योगदान पुगेको कम्पनीले जनाएको छ । महालक्ष्मी लाईफ स्थापनाको छोटो समयमा नै उल्लेख्य बीमा शुल्क हासिल गरी देशैभरि सञ्जाल विस्तार गर्न सफल कम्पनी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS