IME Life

नेप्से सामान्य अंकले बढ्यो, ३१ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से ० दशमलव १३ अंकले बढेर १,२३३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ । साताको पहिलो दिन हिजो शेयर बजार घटेको थियो । नेप्से ४ अंकले घटेर १,२३३।७१ को बिन्दुमा कायम भएको थियो ।

आज बजारमा विक्री चापभन्दा केही मात्रामा शेयर खरिद चाप बढेको कारण नेप्से सामान्य अंकले बढेको हो ।
बैंकिङ,ट्रेडिङ, हाइड्रो पावर, निर्जीवन बीमा समुह, र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै २० अंकले होटल समुह बढेको छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ७१ वटा कम्पनीको १८ लाख २१ हजार ८ सय २२ कित्ता शेयर किनबेच हुँदा ३१ करोड ४२ लाख २८ हजार ९ सय २१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै रसुवागडी हाइड्रोपावरको २ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी साञ्जेन जलविद्युत, प्रभु बैंक, मेगा बैंक प्रोमोटर शेयर, एनसीसी बैंक र नेपाल बैंकको १ करोडमाथिको कारोबार भएको छ । नेपाल टेलिकमको ९९ लाख माथिको कारोबार भएको छ भने कृषि विकास बैंकको ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

नाडेप लघुवित्त र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS