Prabhu Life Ad Final

इन्फ्रास्ट्रक्चर बैंकले न्युनतम ३० करोड रुपैयाँसम्म लगानी गर्न पाउने

IME PAY
IME Life

काठमाडौं । इन्फ्रास्ट्रक्चर बैंकले अब न्युनतम ३० करोड रुपैयाँको परियोजनामा पनि लगानी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैंकलाई ऋण लगानी गर्ने सिमा घटाइदिएको छ ।

यसअघि इन्फ्रास्ट्रक्चर बैंकले न्यूनतम ५० करोड रुपैयाँका परियोजनाहरुमा लगानी गर्नुपर्ने व्यवस्था थियो । तर राष्ट्र बैंकले उक्त सिमा घटाएर ३० करोडमा झारेको हो ।

इन्फ्रास्ट्रक्चर बैंकले ठुलो रकम मात्र लगानी गर्न पाउने भएकाले कुनै प्रोजेक्ट नपाउँदा बैंकमा पैसा राखेर ब्याज खाइरहेको थियो । अब सानो सानो प्रोजेक्टमा पनि लगानी गरी त्यहाँबाट व्याज प्राप्त गर्न सक्नेछ ।

राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैंकलाई पनि अन्य वाणिज्य बैंकहरुलाई जस्तै निक्षेप र कर्जाको वार्षिक योजना समेत बुझाउन अनिवार्य गरेको छ । त्यस्तै बैंक सञ्चालक समितिले त्रैमासिक समिक्षा गरी राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा बुझाउनु पर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS