Prabhu Life Ad Final

सुबिसुको आगलागी क्षति अझै अनिश्चित, प्रारम्भिक रिपोर्टमा ढिलाई

IME PAY
IME Life

काठमाडौं । गत बुधबार बालुवाटारस्थित सुविसु केवल टिभी तथा इन्टरनेटको सर्भरमा भएको आगलागी घटनाको प्रारम्भिक रिपोर्ट तयार गर्न ढिलाई भएको छ । आगोलागी भएको एक सातासम्म पनि क्षतिको विवरण तयार हुन नसक्नुले घटनामा सुबिसुले धेरै रकम बीमा दावी गर्न खोजेको देखिएको छ ।

सुबिसु केवल नेट कम्पनीले आगोलागीमा क्षति भएका सामानहरुको बिल देखाउन ढिलाई गरेका कारण प्रारम्भिक रिपोर्ट संकलनमा कठिनाई भएको शिखर इन्स्योरेन्सका एक कर्मचारीले बताए ।

सामान्यतया २।३ दिनमा बन्ने प्रारम्भिक रिपोर्टका लागि शिखर इन्स्योरेन्सबाट पटक पटक सर्भेयरहरु सुबिसुको केन्द्रीय कार्यालय बालुवाटारको अवलोकन गरेपनि एकिन विवरण तयार पार्न सकेका छैनन् । स–साना विद्युतीय उपकरणहरु आगोले जलेर खरानी भएको र सो सामान खरिद गर्दाका बीलहरु समेत पेश गर्न नसकेका कारण प्रारम्भिक रिपोर्टमा ढिलाई भएको भनिएको छ ।

प्रारम्भिक रिपोर्ट तयार नगरी पुनर्बीमा कम्पनीबाट सर्भेयर बोलाउन सकिदैन । सुबिसुकै कारण प्रारम्भिक रिपोर्ट तयार गर्न ढिलाई भएपछि सो घटनाको बीमा दावी भुक्तानी समेत पर सर्नेछ । सूत्रका अनुसार शिखर इन्स्योरेन्स कम्पनीका सर्भेयरले तयार पारेको क्षतिको विवरणमा सुबिसुले चित्त नबुझाई थप क्षतिको दावी गरेपछि नेगोशिएशन हुन नसकेको हो । शिखरले थप क्षतिको प्रमाणका लागि उपकरणका बीलहरु खोजेपछि प्रारम्भिक रिपोर्टमा सहमति हुन सकेको छैन ।
आइतबार नै तयार भइसक्ने भनिएको प्रारम्भिक रिपोर्ट सोमबार अपरान्ह यो समाचार तयार गर्दासम्म तयार पारिएको छैन । सो सम्बन्धमा शिखर इन्स्योरेन्सले प्रारम्भिक रिपोर्टका लागि काम भइरहेको र छिट्टै तयार हुने जानकारी दिइयो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS