Prabhu Life Ad Final

शिखर इन्स्योरेन्सकोे साधारण सभा भोलि, ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने

IME PAY
IME Life

काठमाडौं । शिखर इन्स्योरेन्सकोे आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा भोलि मंगलबार (साउन २८ गते) हुने भएको छ । साउन ७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार वार्षि साधारण सभाको मिति तय गरेको हो । सभासाधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।

इन्स्योरेन्सले सभामा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा पेश गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने कारण देखाउदै यस वर्ष लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले साउन १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । साउन १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

सभामा कम्पनीले सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र गरी कुल ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउने नियमावली संशोधन गरिने प्रस्ताव पेश गर्ने छ ।

सभामा कम्पनीले आवश्यकता अनुसार मर्जमा जान वा एक्वायर गर्न तथा अन्य बिमा कम्पनी गाम्ने–गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS