IME Life
Beema Board

एनआईसी एशिया बैंक र उपाय सर्भिसेसबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance


काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

सम्झौतापश्चात् उपाय सर्भिसेसले प्रदान गर्ने सेवाहरुमा एन आई सी एशिसा बैंकका ग्राहक महानुभावहरुले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ ।

कम्पनीका सेवाग्राही तथा ग्राहकहरुले नयाँ कम्पनी दर्ता, वार्षिक विवरण दाखिला, लेखासँग सम्बन्धित सेवाहरु, करसँग सम्बन्धित कागजात तयार लगायतका सुविधा प्राप्त गर्न सक्ने छन् ।

साथै बैंकका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एन एफ आर एसको मापदण्ड अनुसार वित्तीय विवरण तयार, अपग्रेड, ऋण मूल्यांकन प्रक्रियासम्बन्धी तालिमसमेत प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS