सनराइज बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार

काठमाडौँ । सनराइज बैंकले २ नयाँ शाखा कार्यालय र १ एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले गुल्मि स्थित तम्घासमा ११८ औँ, पर्वत स्थित कुश्मामा ११९ औं शाखा तथा ललितपुर महानगरपालिका स्थित सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्धघाटन हुन् ।

गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्धघाटन गरका हुन् ।

यस्तै, ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्धघाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार