IME Life

ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखा १२ घण्टा खुल्ने

SPIL
NIC ASIA

काठमाडौँ । राजश्व संकलनमा समेत सहभागी हुँदै आएको ग्लोबल आइएमई बैकले राजधानी काठमाडौंको कान्तिपथमा रहेको एउटा शाखालाई दैनिक १२ घण्टा सञ्चालन गर्ने जनाएको छ ।

सो बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको जनाएको छ । कार्यालय समयमा मात्रै बैंक खुल्दा राजधानीमा चर्को जामका कारण सर्वसधारणले बैंकिङ कामको लागि पनि लामो समय निकाल्नुपर्ने जटिल समस्या भोग्दै आएका छन् ।

Prabhu
Crest

काठमाडौंको व्यस्तालाई ध्यान दिई बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ । विहान ८ देखि साँझ ८ बजेसम्म बैंक सञ्चालन हुँदा सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गले लाभ पाउनेछन् । १२ घण्टे सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै सञ्चालन हुने बैंकले जनाएको छ ।

शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ । यसबाहेक अन्य सध्याकालिन काउन्टर नियमित सञ्चालन हुने बैंकको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS