IME Life

नेप्से ४ अंकले घट्यो, ३१ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको पहिलो दिन शेयर बजार घटेको छ । नेप्से ४ अंकले घटेर १,२३३।७१ को बिन्दुमा कायम भएको छ । टे«डिङ, होटल, फाइनान्स, म्युचल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ३७ अंकले जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ६६ कम्पनीको ११ लाख ४५ हजार ५ सय ७ कित्ता शेयर १७ हजार पटक खरिदविक्री हुँदा ३१ करोड १७ लाख ५६ हजार ८ सय ५६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै रसुवागडी हाइड्रो पावरको ४ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी साञ्जेन जलविद्युत कम्पनीको २ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्सको १ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै एनसीसी बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS