काठमाडौं । विश्वभर १३५ भन्दा बढी देशहरूमा काम गरिरहेको एडीआरए नेपालले समुदायको सहभागिताको गुणस्तरको गुणस्तरमा अध्ययन गर्नका लागि ९ जना कर्मचारी माग गरेको छ । कम्पनीले गुणात्मक र मात्रात्मक डाटा संकलनको लागि २५ दिनको म्याद सहित उक्त आवेदन खुल्ला गरेको हो ।
कम्पनीले सर्लाही जिल्लाको लागि योग्यता र दक्षता पुगेका स्वास्थ्य विज्ञानमा स्नातक (बीपीएच र बीएन) वा पीसीएले अध्ययन गरेको र अनुभवी आवेदक माग गरेको हो । साथै कम्पनीले स्थानीय भाषामा र रहनसहनमा बस्न सक्ने आवेदकलाई बिशेष प्राथमिकता दिने भएको छ ।
इच्छुक आवेदकले अगस्ट १३ सममा कम्पनीको वेवसाईटमा गएर आवेदन दिन सक्ने छन् ।